नियम
स्वीकृत बजेटबाट खर्च गर्ने
(१) अधिकार प्राप्त अधिकारीले बाहेक अरु कसैले पनि
खर्च गर्ने आदेश दिन वा खर्च स्वीकृत गर्न हु“दैन ।
(२) खर्च गर्ने वा खर्चको निकासा दिने अधिकारीले देहायका अवस्थामा खर्च गर्न
वा खर्च गर्न निकासा दिनु पर्नेछ ः–
(क) खर्च गर्ने रकम स्वीकृत बजेटभित्र र सम्बन्धित खर्च शीर्षक नम्बरमा
परेमा र खर्च गर्न बा“की भएमा,
(ख) खर्च गर्ने रकम कुनै आयोजनाको सम्बन्धमा भए सो आयोजना
स्वीकृत भइसकेको भएमा,
(ग) खर्च गर्ने रकम खर्च गर्नु भन्दा अघि नै खर्च गर्ने निकासाको आदेश
प्राप्त भइसकेको भएमा,
(घ) वैदेशिक स्रोतबाट व्यहोरिने रकमको हकमा त्यस्तो रकम प्राप्त
भैसकेको भएमा ।